दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर २१, २०८१
सोसेक नेपालले लैंगिक हिंसा न्युनिकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया र समन्वयात्मक वैठक सम्पन्न गरेको छ । दैलेखका ११ वटा स्थानिय तहका प्रमुख उपप्रमुख लगाएत प्रमुख प्रशासकिय अधिकृतहरु लगाएत जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रमले जिल्ला भित्र बढ्दो महिला हिंसा, वालहिंसा लगाएत वालविवाह, वहुविवाह र कुरिति कुप्रथालाई न्युनिकरणका क्षेत्रमा सोसेक नेपालद्धारा गरिएको प्रयास सार्थक बनेको निश्कर्ष निकालिएको छ ।
सोसेक नेपालले यतिबेला महिला तथा बालवालिकाको क्षेत्रमा निःशुल्क टोलफ्रि नम्बर १०९८ सञ्चालन गर्नुका साथै हिंसा पिडित महिला र वालवालिकाहरुको जीवनरक्षाको क्षेत्रमा गरेको प्रयासले विभिन्न जिल्लाहरुमा हिंसा न्युनिकरणका क्षेत्रमा उल्लेख्य उपलव्धि हासिल गरेको छ । आगामी दिनहरुमा यसलाई थप प्रभावकारी बनाउनका लागि सेफ हाउस निर्माण गर्दै हिंसा पिडित महिला र वालवालिकाहरुको उद्धार र राहत गर्दै उनिहरुलाई न्याय दिलाउने र त्यसमा स्थानिय तहले साथ सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
अन्तरक्रिया र समन्वयात्मक वैठकको क्रममा बोल्दै दैलेख जिल्ला समन्वय प्रमुख नमराज शाहीले सोसेक नेपालले हिंसा पिडितका समस्या समाधानका लागि विभिन्न प्रयास र कामहरु गरिरहेको सन्दर्भ उठान गर्दै जिल्लाका सबै स्थानिय तहहरुले साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
समन्वयात्मक वैठकलाई सोसेक नेपाल महिला तथा वालवालिका सेवा केन्द्र (वाल हेल्प लाईन १०९८) संयोजक रमा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सहजिकरण पश्चात बोल्दै संयोजक थापाले लैगिंक हिंसा न्युनिकरणका लागि समन्वयात्मक वैठक फलदायि भएको भन्दै सुरक्षा आवास निर्माणको लागि विगत देखि अवधारणा सञ्चालनमा ल्याएको र त्यसको सहयोगका लागि अनुरोध मुख्य रहेको बताउनुभयो ।
कार्यक्रमलाई व्यवस्थापन सोसेक नेपालका प्रभा कुमार विक ले गर्नुभएको थियो ।