दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ७,२०८१
पश्चिम नेपाल त्यसमा पनि कर्णाली रोग भोक अशिक्षा गरिबीकाभुमरीबाट अझै माथी उठ्न सकिरहेको छैन । समाजमा व्याप्त अन्धविस्वास, छाउपडि, भेदभाव, वालविवाह, वहुविवाह लगाएत अन्य कुरिति र कुसस्कारको चंगुलबाट बाहिर आउन सकिरहेको छैन । जसको प्रत्यक्ष मारमा महिला तथा वालवालिकाहरु रहेका छन । समाजमा जरो गाडेर रहेका वालविवाह, वहुविवाह, छाउपडि , महिनावारी लगाएत विभिन्न रुढिबादी परम्पराहरुले महिला तथा वालवालिकाहरुलाई नै सिकार बनाइरहेका छन । जसमा ग्रामिण क्षेत्र मात्र होइन सहरी क्षेत्र पनि भित्रभित्र अदृष्य रुपमा अछुतो छैन भने चाहेर पनि त्यस भन्दा माथी उठ्न सकिरहेको छैन ।
सोसेक नेपालले ग्रामिण दुरदराजमा मात्र होइन शहर केन्द्रित “शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रमले यतिबेला प्रभावकारी उपलव्धी हाँसिल गर्दै आइरहेको छ । सोसेक नेपालको “शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रमले यतिबेला कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर नगरपालिकाका विभिन्न क्षेत्रहरु प्रभावकारी उपलव्धी हाँसिल गर्दै आएको छ । विद्यालय क्षेत्रमा वालवालिका, किशोर किशोरी लगाएत तिनका अभिभावकहरुमा समेत यस कार्यक्रमले प्रभावकारी परिवर्तन गरिदिएपछि कार्यक्रमले नाम जस्तै काम गरेको प्रष्ट देख्न सकिन्छ ।
सामाजिक मान्यतामा परिवर्तनका साथै लैंगिक हिंसा न्युनिकरण,महिलाहरुको सामाजिक आर्थिक शसक्तिकरण र लैंगिक हिंसाको प्रतिकार्य, समावेसी लैगिंक उत्तरदायि निति कानुन निर्माणको क्षेत्रमा वालवालिका ,किशोरकिशोरी,विद्यालय ,शिक्षक, प्रधानाध्यापक, वालवालिका किशोरकिशोरीका अभिभावकहरु लगाएत हिंसा पिडितहरुको क्षेत्रमा सञ्चालित यस कार्यक्रमले समाज सुधारको बाटोमा गरेको परिवर्तन नमुनायोग्य बन्दै गइरहेको छ ।
बिरेन्द्रनगर नगरपालिकाको १,२ र ३ नम्बर वडाक्षेत्रमा सञ्चालनमा रहेका माध्यामिक विद्यालयका किशोरकिशोरी हरु लगाएत तिनका अभिभावकहरुमा “शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रमबाट वालवालिकाहरुले पारिवारिक र व्यवहारिक शिक्षा हासिँल गरेको भन्दै भोलिका दिनहरुमा समेत कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा किशोरकिशोरीहरुको धारणा रहेको छ ।
“शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रम सञ्चालित क्षेत्र बिरेन्द्रनगर नगरपालिकाको विभिन्न विद्यालयहरुमा अध्ययनरत किशोरकिशोरी विद्यार्थीहरु लगाएत तिनका अभिभावकहरु यतिबेला धेरै कुराहरुमा परिवर्तनको आभाष गरिरहेका छन । उनिहरुले विगतका दिनहरुमा गलत व्यवहार र मान्यतालाई आत्मसाथ गरिरहेकोमा यतिबेला कार्यक्रमले चेतनाको दियो बालेको भन्दै खुशी व्यक्त गरिरहेका छन ।
त्यसो त कार्यक्रमले वालवालिका, किशोरकिशोरीहरु मात्र होइन तिनका अभिभावकहरु समेत परिवर्तनको आभाष गरिरहेका छन । अभिभावक कक्षाका सहभागि ति अभिभावकहरुले विगतका दिनहरुमा आफ्नो परिचय सम्म दिन नसक्ने अवस्थाबाट यतिबेला आफ्नो समस्यकाको सन्दर्भमा खुलेर बोल्नुका साथै समस्या पहिचान गर्न सक्षम भएका छन । उनिहरुले विद्यमान महिनावारी, छाउपडी, वालविवाह, वहुविवाह लगाएत समाजमा विद्यमान विभिन्न भेदभावको सन्दर्भम समेत सचेत भएका छन ।
“शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रमले विद्यालयका किशोरकिशोरीहरु लगाएत तिनका अभिभावकहरुसँग लैंगिक हिंसा न्युनिकरण लगाएत कुरिकि कुसँस्कार न्युनिकरणका क्षेत्रमा काम गर्दै आइरहको सन्दर्भ उठान गर्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले कालिकोट, सुर्खेत र दैलेखका करिब ५०० घरपरिवारमा कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो ।
यसरी नेपाल सरकारले समेत शुखी नेपाली संवृद्ध नेपालको नारालाई अगाडी बढाईरहेको बेला सोेसेक नेपालले पिछडिएका बस्तिहरुमा किशोरकिशोरी र तिनका अभिभावकहरुमा सञ्चालन गरेको यस शसक्त महिला संवृद्ध महिला कार्यक्रमले हाँसिल गरेको उपलव्धीले समेत थप टेवा पुग्नेमा दुइमत छैन ।