२०८१ पुष १२ शुक्रबार
२०८१ पुष १२ शुक्रबार

श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारीको चौथो साधारण सभा सम्पन्न…


दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष १०,२०८१

दैलेखको ठाटिकाँध गाउँपालिका केन्द्रमा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जिल्लाकै एक नमुना सहकारीको रुपमा रहेको उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम गर्दै आइरहेको छ । गाउँपालिका क्षेत्रका दलित ,महिला,विपन्न,जनजातिहरु र पहुँचरहित किसानहरुको हकहितमा काम गर्दै हरेक वडाहरुमा विभिन्न उपसमितिहरु रहेको सहकारीले स्थापनाको चौथो वर्षमा समेत आशाा लाग्दो उपलव्धी हासिँल गरिसकेको छ ।
सहकारीको चौथो वार्षिक साधारणसभाको अवसरमा आर्थिक,सांगठनिक लगाएत विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपक कुमार रावलले सहकारीलाई सक्षम र प्रभावकारी बनाउँदै राज्यले अबलम्बन गरेको तिनखम्बे अर्थनितिमा आधारित विभिन्न गतिविधिबाट गरिब विपन्नहरुको जीवनस्तर माथी उठाउन सबै कसरत गरिनेमा जोड दिनुभयो ।

सहकारी संस्थाको उक्त वार्षिक साधारण सभाको अवसरमा बोल्दै ठाटिकाँध गाउँपालिका उपाध्यक्ष देवीराम बडुवालले सहकारीका माध्यमबाट समग्र गाउँपालिकाका किसानहरुको जीवनस्तर माथी उठाउका लागि आफुले सबैको हातेमालोमा जोड दिने बताउनुभयो ।

उक्त सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई उद्धघाटन गर्दै कर्णाली प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रि बिनोद कुमार शाहले सहकारी खोलेर सेयर सदस्यहरु बढाउनुमात्र ठुलो कुरा नभएको स्पस्ट पार्दै संस्थाले देखिने उपलव्धी र त्यसबाट ग्रामिणस्तरका जनताको जीवनस्तर माथी उठाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

वार्षिक साधारण सभाको अवसरमा सहकारी संस्थालाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको छ । सहकारीमा हालसम्म ६०६ जना सेयर सदस्यहरु रहेका छन भने १३ जनाको कार्यसमिति सहित लेखा, ऋण लगाएत विभिन्न समितिहरु रहेका छन । वार्षिक साधारण सभाको बन्द शत्रबाट सहकारीको नयाँ कार्यसमिति समेत चयन गरिने सहकारीले जनाएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।