२०८१ पुष १३ शनिबार
२०८१ पुष १३ शनिबार

दैलेख, पेट्रोलियम अन्वेषणको ड्रिलिंग अन्तिम चरणमा,आशालाग्दो उपलव्धी

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष १२,२०८१

नेपालमा खनिज पदार्थको संभावना प्रशस्त छ । तामाखानी, कोइलाखानी,फलामखानी लगाएत विभिन्न खानी र खनिज पदार्थको दृष्ट्रिले संभावना भएको भएपनि उत्खनन्मा भने प्रविधिका हिसाबले भने निकै पछाडी रहेको छ ।
तर पछिल्लो समय नेपाल सरकार र चिनिया सरकारबिच सम्झौता भई विगत लामो समयदेखी कार्यान्वयनमा रहेको दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको कार्य अन्तिम चरणमा पुगेको छ । दैलेखको पञ्चकोशी क्षेत्रमा कालान्तर देखि बल्दै आएको ज्वालालाई लक्षित गर्दै पेट्रल तथा ग्याँसको भण्डारण रहेको अनुमानका आधारमा चिनिया टोलिद्धारा लामो समयको अनुसन्धान पश्चात नेपाल सरकार र चिन सरकारबिच सम्झौता भई गत २०८१ वैशाख २३ गते विधिवतरुपमा उद्धघाटन गरिएको अन्वेषणात्मक ड्रिलिंगको काम यतिबेला अन्तिम चरणमा पुगेको छ ।
दैलेखको भैरवी गाउँपालिका वडा नं. १ को जलजले क्षेत्रमा करिब ४५ रोपनी जग्गामा सञ्चालित उक्त अन्वेषणमा जमिन मुनी करिब ४७०० मिटर गहिरो ड्रिलिंगको गुरुयोजना भएपनि पछिल्लो समयमा ४००० मिटर गहिराईमा ड्रिलिंग योजना अनुसार बिहिबार साँझ सम्म ३९३५ मिटर ड्रिलिंग भईसकेको अवस्थामा अब भने मात्र ६५ मिटर ड्रिलिंग बाँकी रहेको आयोजनाले जनाएको छ । उक्त ड्रिलिंग र अन्वेषणबाट सकारात्मक उपलव्धी नजिक पुगेको र नमुना परिक्षण पश्चात अन्य क्रमिक कामहरु लगाएत उत्खनन्को काम हुने भुगर्व तथा खानी विभागका जियोलोजिक्स प्रकाश लुँईटेलले जानकारी गराउनुभयो ।

यतिबेला देशकै गौरबको आयोजनाको रुपमा रहेको उक्र पेट्रोलियम अन्वेषण तथा ड्रिलिंग हेर्नका लागि जिल्ला भित्र र बाहिरबाट मानिसहरु त्यहाँ पुग्ने गरेका छन । मध्यपहाडी लोकमार्गसँगै रहेको उक्त आयोजनाबाट मानिसहरुले उपलव्धीको आशा समेत गरेका छन । सो स्थानमा पुग्ने मानिसहरुले आयोजनाका लागि नेपाल सरकार र चिनिया सरकारको तर्फबाट गरिएको प्रयास सार्थक हुने र भोलिका दिनहरुमा जिल्ला, प्रदेश लगाएत सिंगो देशलाई फाइदा हुनेमा आशावादी भएको बताउछन ।

उक्त आयोजनाको लागि समन्वय सहकार्य लगाएत व्यवस्थापनमा सहकार्य गर्दै आएको जिल्ला प्रशासन कार्यालय दैलेखले समेत आयोजनालाई महत्वका साथ लिएको छ । पेट्रोलियम अन्वेषण तथा ड्रिलिंगको काम अन्तिम चरणमा पुगेको सन्दर्भमा आगामी दिनका कामहरु लगाएत आइपर्ने हरेक चुनौतिहरुलाई समन्वय र सहकार्यको वातावरणमा काम गर्ने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । आयोजनाबाट प्राप्त गर्ने प्रतिफलबाट समग्र देशलाई नै फाइदा पुग्ने भएकाले सबैले साथ सहयोग गर्नुपर्ने भन्दै नेपाल सरकारले समेत महत्वपुर्णरुपमा लिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश

यसरी देशकै एक गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको पहिलो खुड्किलोको रुपमा रहेको पेट्रोलियम अन्वेषण तथा ड्रिलिंगको कार्य सहज रुपमा सम्पन्न हुनु आफैमा सकारात्मक पक्ष हो । उक्त कार्यको सफल परिक्षण पश्चात त्यहाँ ग्याँस वा पेट्रोल जुन भएपनि उल्लेख्य मात्रामा प्राप्त हुन सकेको खण्डमा समग्र देशले नै काँचुली फेर्नेमा दुईमत छैन ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।