२०८१ माघ ९ बुधबार
२०८१ माघ ९ बुधबार

शसक्त महिला संवृद्ध नेपाल कार्यक्रमबाट बदलिदैँ कालिकोट……….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ ३,२०८१

कर्णाली आफैमा विकट छ । जहाँको शिक्षा स्वास्थ्य लगाएत चेतनाको स्तर पनि धेरै पछाडी छ । कर्णालीमा अझैपनि रोग भोग अशिक्षा लगाएत कुरिति र कुसँस्कार जरो गाडेर बसेका छन । संभावना संगै चुनौतिका थुप्रै विषयवस्तुहरु अहिले पनि ताजा छन भने भौगोलिक विकटतासँगै चेतनास्तरबाट समेत कर्णाली अझ धेरै दशक अन्य प्रदेशहरु भन्दा पछाडी रहेको छ ।
कर्णाली प्रदेशका १० जिल्लाहरु मध्ये कालिकोट पनि एक विकट जिल्ला हो । जहाँ यतिबेला पनि शिक्षा, स्वास्थ्य ,खानेपानी, विद्युत लगायत अन्य जनचेतनाको हिसाबले पनि कालिकोट धेरै पछाडी रहेको छ । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाको वडा नं. १ देखी ३ सम्म यतिबेला सोसेक नेपालको शसक्त महिला संवृद्ध नेपाल कार्यक्रम सञ्चालित छ । जुन कार्यक्रमले यतिबेला त्यस क्षेत्रमा ठुलो उपलव्धी हाँसिल गरेको छ । दैलेख संग सिमाना जोडिएको उक्त क्षेत्रका महिला, वालवालिका र किशोरकिशोरीहरुमा कार्यक्रमले सकारात्मक प्रभाव मात्र पारेको छैन कि समाज रुपान्तरणको क्षेत्रमा एक कोशेढुंगा सावित नै भएको छ ।
विद्यालय क्षेत्रमा किशोरकिसोरीहरु र तिनका अभिभावकहरुमा यस कार्यक्रमले उनिहरुको जीवनस्तर नै माथी उठाएको छ । व्यक्तीगत स्वास्थ्यको क्षेत्रमा होस या पश्चिम नेपालमा व्याप्त वालविवाह बहुविवाह ,महिनावारी, छाउपडि लगाएत रुढिबादिग्रस्त त्यस क्षेत्र यस कार्यक्रमले ठुलो परिवर्तन ल्याएको भन्दै कार्यक्रमका सहभागीहरुले कार्यक्रमको खुलेरै प्रशंसा गरेका छन ।

त्यसो त कार्यक्रमका सहभागि अभिभावकहरु र विद्यालय क्षेत्रका किशोरकिशोरीहरु पनि कार्यक्रमबाट निकै खुशी बनेका छन । उनिहरुले विगतका दिनहरुमा आफुहरु बत्ति मुनिको अध्याँरो हुनुपरेको भन्दै यतिबेला शसक्त महिला संवृद्ध नेपाल कार्यक्रमले आफुहरुको आँखा खोल्नुका साथै जीवन नै परिवर्तन भएको बताउँछन ।

यता शसक्त महिला संवृद्ध नेपाल कार्यक्रम सञ्चालक सोसेक नेपालले पनि कार्यक्रमले प्रभावकारी उपलव्धी हासिँल गरेकोमा खुशी व्यक्त गरेको छ । कर्णालीको एक विकट क्षेत्र कालिकोटको शुभकालिका गाउँपालिका क्षेत्रमा सञ्चालित कार्यक्रमले यतिबेला त्यस क्षेत्रको विद्यालयका किशोरकिशोरीहरु र तिनका अभिभावकहरुमा समेत सकारात्मक उपलव्धी हासिँल गरेको भन्दै त्यस क्षेत्रका जनप्रतिनिधिहरु र कार्यक्रम सञ्चालकहरु समेत खुशी भएका छन ।

यसरी पिछडिएको दुर्गम यस क्षेत्रमा यस कार्यक्रमले गरेको उपलव्धी र गरेको परिवर्तनलाई राज्यले समेत उचित मुल्यांकन गर्दै कार्यक्रमलाई सहयोग गर्नु आवश्यक देखिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।