दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ ५,२०८१
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखद्धारा दैलेखको पश्चिममा अवस्थित आठबिस नगरपालिकाको राकमकर्णाली बजारको अनुगमन तथा छड्के जाँच गरिएको छ ।
दैलेखको दोस्रो बजारक्षेत्रकोल रुपमा सुर्खेत जुम्ला कर्णाली राजमार्गसंगै रहेको र शुदुरपश्चिम प्रदेशको अछाम जिल्ला र कर्णाली प्रदेशको कालिकोट जिल्लाको संगमस्थलमा रहेको राकमकर्णाली बजार क्षेत्र नयाँ शहर आयोजनाको क्षेत्र समेत हो ।
उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैेलेखले जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख आठबिस नगरपालिका लगाएत आठबिस नगर उद्योग वाणिज्यसंघ संगको सहकार्यमा गरिएको अनुमगन तथा छड्के जाँचमा मेडिकल, खाद्यान्न तथा खुद्रा पशल, सुनचाँदी पशल, होटेल लगाएत विभिन्न व्यापार व्यावसायहरु करको दायरामा भएनभएको साथै खाद्यअखाद्य बस्तुहरु भए नभएको सन्दर्भमा कडा अनुगमन गरेको छ । सो अवसरमा व्यापारीहरुलाई नियमानुसार व्यापार व्यावसाय गर्न निर्देशन दिनुका साथै दर्ता बिना सञ्चालन भएका व्यापारव्यावसायलाई तत्काल नियमानुसार दर्ता गरि सञ्चालन गर्न समेत निर्देशन गरिएको छ ।
बजार अनुगमनको क्रममा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख शंकर थापाले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै संयुक्तरुपमा गरिएको अनुगमन प्रभावकारी भएको भन्दै नियमानुसार अगामी दिनहरुमा समेत निरन्तर जिल्ला भित्रका बजारहरु अनुगमन गरिने बताउनुभयो ।
……..शंकर थापा कार्यालय प्रमुख उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख….
उक्त बजार अनुगमनको क्रममा म्याद नाघेका खाद्यबस्तु र पेय पदार्थहरुलाई नियन्त्रणमा लिएर स्थानिय व्यपारीहरु र सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको छ ।