दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ ७,२०८१
दैलेखको दुल्लु नगरपालिकाले आफ्नो पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका द्धारा विकास निर्माण, सुशासन र पारदर्शिता भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित विभिन्न विकास निर्माण र योजनाहरु लगाएत नगरपालिकाको विभिन्न शाखाहरुद्धारा प्रवाह गरिएको सेवाहरुका सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम केन्द्रित रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिलक विकले नगरपालिकाको गत ९ महिनामा भएको प्रगति प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
…….तिलक विक प्रमुख प्रशासकिय अधिकृत दुल्लु नगरपालिका दैलेख……..
सार्वजनिक सुनुवाईको अवसरमा मुख्य जवाफदेहि वक्ताको रुपमा नगरप्रमुख भरत प्रसाद रिजाल रहनुभएको थियो भने अन्य जवाफदेहि वक्ताहरुमा उपप्रमुख बिना कार्की, प्रमुख प्रशासकिय अधिकृत तिलक विक सहित जनप्रतिनिधिहरु र शाखागत कार्यालयका प्रमुखहरु रहनुभएको थियो । कार्यक्रममा सहभागि सेवाग्राहिहरुले नगरपालिका भित्रको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगाएत समसामयिक विकासनिर्मााण र सेवा प्रवाहको सन्दर्भमा जवाफदेहि वक्ताहरुलाई प्रश्न गरेका थिए । जसमा सबैभन्दा बढि प्रश्नहरुको सहजिकरण प्रमुख जवाफदेहि वक्ता नगरप्रमुख भरत प्रसाद रिजालले गर्नुभएको थियो
….भरत प्रसाद रिजाल नगरप्रमुख दुल्लु नगरपालिका दैलेख……
दुल्लु नगरपालिका जिल्लाका ११ वटा स्थानिय तहहरुमा विकासनिर्माण लगाएत शुसासन र जनसरोकारका क्षेत्रमा पहिलो पालिकाको रुपमा स्थापित रहेको छ । बस्ताकोटी मिडिया प्राली दुल्लुद्धारा सहजिकरण गरिएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहजिकरण नारायण रिजालले गर्नुभएको थियो ।