दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ १२,२०८१

गत वर्ष कात्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट नगरपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पले जाजरकोट लगाएत रुकुमपश्चिममा ठुलो धनजनको क्षेति भयो । धेरैले ज्यान गुमाउनु पर्यो । रुकुम पश्चिम लगाएत जाजरकोटमा भौतिक संरचनाहरु समेत ध्वस्त हुन पुगेको अवस्थामा सबैभन्दा बढि प्रभावित विद्यालय क्षेत्र तथा वालवालिकाहरु बन्न पुगे ।
भुकम्प प्रभावित क्षेत्रको रुपमा रहेको जाजरकोट जिल्लाको नलगाड नगरपालिका क्षेत्रमा विभिन्न संरचनाहरु देखी खानेपानीको क्षेत्र समेत प्रभावित बन्न पुगे । भुकम्प लगतै जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा पुगेको सोसेक नेपालले विभिन्न सहयोगका काम हरु गर्दै आइरहेको छ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका क्षेत्रमा विगत देखि यतिबेलासम्म सोसेक नेपालले खानेपानीको क्षेत्रमा उल्लेख्य कामसंगै उपलव्धीहरु समेत हाँसिल गरिरहेको छ। ।
सोसेक नेपालले जाजरकोटको नलगाड नगरपालिकामा करिब १४ वटा खानेपानीका योजनाहरु निर्माण गरिरहेको छ भने उक्त खानेपानीको शुद्धतामा समेत कामहरु गरिरहेको छ। खानेपानीको मुहान देखी उपभोक्ताहरुको घरको धारा र भाँडोमा समेत शुद्ध पानी पुगाउने उद्धेश्यका साथ पानी परिक्षणको काम समेत गर्दै आइरहेको छ । खानेपानीका विभिन्न नमुनाहरु संकलन गरेर सोसेक नेपालको कार्यालयमा ल्याई ल्याब मार्फत पानी परिक्षणको काम गर्दै आइरहेको सोसेक नेपाल जाजरकोट नलगाड शाखाले जनाएको छ । जसमा कुनैकुनै खानेपानीको क्षेत्रमा इकोली र कोलीफर्म समेत फेला परेको सन्दर्भमा त्यस ठाँउमा आवश्यक प्रक्रिया पुरा गर्दै खानेपानी शुद्धताका कामहरु समेत भइरहेको सोसेक नेपाल अन्तरगत खानेपानी ल्याब टेक्निसियन हिक्मत बहादुर सिंहको भनाई रहेको छ।
