दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१५ माघ २०८१
सिँजा राज्यको हिँउदे राजधानीको रुपमा परिचित दुल्लु विभिन्न जातजातिहरुको उद्गम थलोको रुपमा समेत परिचित छ । दुल्लुको पटांगिनी क्षेत्र दुल्लु क्षेत्रको खुल्ला मञ्च समेत हो । जहाँ विभिन्न कार्यक्रमहरु हुने गर्दछन । तर यतिबेला दुल्लुको उक्त खुल्लामञ्चमा हरेक महिनाको १५ गते साँस्कृतिक कार्यक्रम अथवा देउडा प्रस्तुतिहरु हुने गर्दछन । विगत केहि महिना देखी सुरु गरिएको उक्त कार्यक्रम यतिबेला लोकप्रिय बन्दै गइरहेको छ । आज माघ १५ गते पनि विभिन्न साँस्कृतिक कार्यक्रमहरु भए । जसमा जिल्ला भित्रका देउडा कलाकारहरुको सगर्मी प्रस्तुतिहरु रहे भने ठाडीभाका लगाएत प्रस्तुतिहरु प्रस्तुत गरिएको छ। केहि दिन अघि उक्त क्रमलाई निरन्तरता दिनका लागि एक साँस्कृतिक समिति समेत गठन गरिएको छ भने दुल्लु नगरपालिकामा समेत उक्त समितिलाई दर्ता गरिएको छ । दुल्लु नगरपालिकाको पहिचानको लागि भएपनि आगामी दिनहरुमा उक्त कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्ने आस्पासन समेत दिइएको छ। कार्यक्रम हरेक महिनाको १५ गते निरन्तर हुनेछ ।