दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२६ फाल्गुन,२०८१

दैलेखको गुराँस गाउँपालिकाले पालिका स्थापना दिवसको अवसर पारेर कृषि तथा पर्यटन क्षेत्रमा लगानी सम्बन्धि सार्वजनिक वहस कार्यक्रमको आयोजना गरेको छ । कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको गुराँस गाउँपालिकाले पालिका स्थापनाको ८औँ वर्ष प्रवेशको अवसरमा समग्र विकासका साथै कृषि र पर्यटनको माध्ययमबाट आफ्नो पहिचान स्थापित गराउन विविध गतिविधिहरु अगाडी बढाउने क्रममा उक्त वृहत सार्वजनिक वसहको आयोजना गरेको हो ।
विविध साँस्कृतिक कार्यक्रम सहित गुराँस गाउँपालिकाले जनप्रतिनिधिहरु, चलचित्रकर्मीहरु लगाएत सरोकारवालाहरु र स्थानियबासीको सहभागितामा उक्त वहस सम्पन्न गरेको छ । गुराँस गाउँपालिकाले कृषि र पर्यटनका माध्यमबाट संवृद्धिको पहिचानका लागि विगत वर्षहरु देखी चलचित्रकर्मीहरुसँग हातेमालो गर्दै गुरुयोजनाका साथ काम गर्ने उद्धेश्यका साथ अघि बढेको छ ।
उक्त सार्वजनिक वहसको अवसरमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले गुराँस गाउँपालिका कृषि र पर्यटनका हिसावले महत्वपुर्ण भएको भन्दै मुर्त र अमुर्त सम्पदाहरुको संरक्षणमा ध्यान दिदैँ लोकसँस्कृतिको जगेर्ना नै मुख्य आवश्यकता भएकोमा जोडद दिनुभयो ।
गुराँस गाउँपालिकाको उक्त वहसमा सहभागि नेपाल चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीले गुराँस गाउँपालिका पर्यटकिय एक गन्तव्य क्षेत्र हुनुका साथै सौन्दर्यमा पुर्ण रहेकोले चलचित्रको हिसावले समेत महत्वपुर्ण भएको बताउनुभयो ।
गुराँस गाउँपालिकाद्धारा आयोजित उक्त कृषि तथा पर्यटन क्षेत्रमा लगानी सम्बन्धि सार्वजनिक वहस कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले गुराँसको पर्यटन हरेक विषयवस्तुसँग जोडिएको भन्दै हरेक नागरिकले आफ्नो उत्पादनलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।
यतिबेला गुराँस क्षेत्र गुराँस फुलेर रमाईलो हुनुका साथै पर्यटकिय क्षेत्रको रुपमा समेत रोजाईमा पर्न थालेको छ ।
