२०८१ चैत्र १३ बुधबार
२०८१ चैत्र १३ बुधबार

आजका वालवालिकालाई सँस्काररुपी प्रावधिक शिक्षाको आवश्यकता छ, प्रतिनिधिसभा सदस्य राना…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२९ फाल्गुन,२०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालय तिजडाँडाले होली विशेष कार्यक्रमसँगै विद्यार्थी फेरी भेटौँला कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आज होलि विशेष कार्यक्रम सँगै विद्यालयबाट कक्षा १० पास गरि आगामी एसईईमा सहभागि विद्यार्थीहरुलाई विदाई एवं फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि दैलेख क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले बोल्दै अहिलेका वालवालिकाहरुलाई सँस्काररुपी प्राविधिक ज्ञान दिनुको विकल्प नभएको भन्दै विज्ञान र प्रविधिले अहिलेका वालवालिकाहरुलाई नकारात्मक वाटोमा धकेलिरहेकोप्रति सबै अभिभावकहरुले सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यतिबेलाका वालवालिकाहरु मोबाइल प्रयोग लगाएत बजारको रेडिमेट कुराबाट प्रभावित भएको इंगित गर्दै त्यसले उनिहरुलाई तनावको वातावरण सिर्जना गर्दै मृत्यु रोज्न बाध्य पारेको समेत बताउनुभयो । मन्तव्यको क्रममा उहाँले यतिबेदा देश चरम गरिबिको मारमा परेको सन्दर्भ जोड्दै विद्यालयले कृषि क्षेत्रमा समेत बालवालिकालाई जोड्न सकेको खण्डमा भोलिका दिनहरुमा अहिले बाँझो रहेको जमिन पुनः हराभरा हुनेमा आशावादी रहेको धारणा समेत राख्नुभयो ।

विद्यालयले प्रमुख अतिथि रानालाई सम्मान समेत गरेको थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।