दिपेन्द्र कार्की बस्ताकोटी दैलेख

दैलेखको दुल्लु नगरपालिका ११ भाँतुका महिला उद्यमीहरुले व्यावसायिक रुपमा दुना टपरीको कामको सुरुवात गरेका छन । उद्योग तथा उपभोक्ता हित संरक्षणल कार्यालय दैलेख र दुल्लु नगरपालिकाको सहकार्यमा त्यस क्षेत्रका २८ जना महिलाहरुलाई सालको पातको टपरी र दुना बनाउने तालिम प्रदान गरिएको थियो । बनमा खेर गईरहको सालको पातबाट शुभ अशुभ काम र विवाह व्रर्तबन्ध लगाएत विभिन्न पाटीहरुका लागि प्रयोग हुने दुना टपरी निर्माण गर्दै व्यावसायिक रुपमा आयआर्जन गर्न सहयोग गर्ने बताईएको छ ।
आज एक औपचारिक कार्यक्रमका बिच तालिम समापन गर्दै आजबाट महिलाहरुले व्यावसायको सुरुवात गर्न अग्रसर भएका छन । तालिम समापनको अवसरमा बोल्दै दुल्लु नगरपालिका नगरप्रमुख भरत प्रसाद रिजालले नगरपालिकाले उद्यमीहरुका लागिद विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा विभिन्न तालिमहरु प्रदान गर्दै आईरहको र आवश्यकता अनुसार केहि गर्न चाहने उद्यमीहरुका लागि औजार उपकरण लगाएत आर्थिक सहयानेग समेत गर्दै आइरहेको बताउनुभयो ।
त्यसैगरि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख संकर थापाले कार्यालयबाट जिल्लाका विभिन्न पालिकाका र वडा क्षेत्रमा विभिन्न क्षेत्रका उद्यमीहरु उत्पादन गर्दै गाउँघरमा खेर जाने कच्चापदार्थबाट विभिन्न उत्पादनका क्षेत्रमा काम गर्दै उद्यमी बनेर आयआर्जनको काम गर्न विभिन्न तालिम प्रदान गरिरहेको सन्दर्भ उठान गर्दै यस क्षेत्रका महिलाहरुले दुनाटपरी उद्योगबाट आफ्नो पहिचान बनाउनेमा आशावादी भएको धारणा राख्नुभयो ।
दुना टपरी निर्माणबाट बजार क्षेत्रमा पाइने पलास्टिक जन्य पदार्थको प्रयोगमा कमी आउने आशा गरिएको छ ।
