दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ९,२०८२

दैलेखको नारायण नगरपालिकाले आज एक औपचारिक कार्यक्रमका बिच नगरसभाको १६औँ अधिवेसन सञ्चालन गरेको छ । जिल्लाकै सदरमुकामको रुपमा रहेको र फरक पहिचान भएको नारायण नगरपालिले उक्त नगरसभाको अधिवेसनमा आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले कृषि ,पर्यटन र पुर्वाधार लक्षित निति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै विकास निर्माण र सेवाप्रवाहमा पारदर्शितालाई अवलम्बन गर्ने रणनिति अघि सारेको छ ।
नारायण नगरपालिकाको नगरसभाको अधिवेशनबाट सर्वसम्मतरुपमा पारित भएको उक्त निति तथा कार्यक्रमबाट भौतिक पुर्वाधार , शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत समग्र नारायणबासीको जनजीवनमा उपलव्धी हुने कार्यक्रम अघि सारेको छ ।
नारायण नगरपालिकाको १६औँ नगरसभाको अधिवेसनमा नगरप्रमुख लोमन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को निति तथा कार्यक्रम माथि आगामी भोलि असार १० गते पुनः बस्ने नगरसभाको अधिवेसनमा नगरउपप्रमुख तप्ता थापाले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
