२०८१ माघ १६ बुधबार
२०८१ माघ १६ बुधबार

सोसेक नेपालको उपस्थितिले फेरिदै पश्चिम चौकुनेको मुहार……

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण ३०, २०८१

कर्णाली प्रदेशको राजधानी सुर्खेत । राजधानि भएपनि पश्चिम सुर्खेतको अवस्था विकट कालिकोट ,मुगु, डोल्पा भन्दा फरक छैन । सबैभन्दा पश्चिम क्षेत्रमा अवस्थित छ चौकुने गाउँपालिका । नौ वटा स्थानिय तहभन्दा भिन्न र फरक भुवनोटमा सजिएको चौकुने जुन शुदुरपश्चिमको अछाम ,डोटि,कैलालि र दैलेखसँग सिमाना जोडिएको छ । पश्चिमबाट सेति नदि पुर्वबाट भेरी नदि र उत्तरबाट कर्णाली नदिको संगमस्थलमा अवस्थित चौकुने राज्यको नजरबाट समेत दुर छ । त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी , विद्युत ,सञ्चार जस्ता विकास पुर्वाधारले समेत छुन सकेको छैन ।

 

त्यसो त चौकुने गाउँपालिका क्षेत्र हटारुक्षेत्रको रुपमा परिचित छ । अछाम, कालिकोट लगाएत दैलेखको हटारु क्षेत्र जुन बर्दियाको राजापुरबाट महिनौ लगाएर नुन तेल कपडा लगाएत घरयसि सामान पिठ्युमा बोकेर लैजाने बाटोे क्षेत्रको रुपमा चिनिन्छ । समयको गतिसँगै भएको विकासले गाउँगाउँसम्म सडक र व्यापार पुगेपछि मात्र करिब तिसवर्ष यता उक्त क्षेत्र बिरानो हुँदै गएको हो ।
देश संघियतामा गएसँगै बनेको चौकुने गाउँपालिका क्षेत्र यतिबेला पनि चौकुने उहि पुरानै शैलिको धारबाट गुज्रिरहेको छ । जहाँको शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत विकास पुर्वाधारमा राज्यले समेत उपेक्षा गरेको चौकुने सामाजिक रुपमा समेत उत्तिकै पछाडी छ । चौकुने क्षेत्रमा वालविवाह, वहुविवाह, महिलाहिंसा , छाउपडि लगाएत विकृति विसंगतिले अहिले पनि जरा गाडेर बसेका छन् । जहाँको सामाजिक, आर्थिक, शैक्षिक स्थिति माथि उठाउनको लागि विभिन्न अभियानका साथ त्यस क्षेत्रमा पुग्ने संघसंस्थाहरु पनि कागजि कार्यक्रम र नाराका उपलव्धिका साथ फर्किए तर चौकुने क्षेत्रका नागरिकको अवस्था कहिल्यै फर्किन न त परिवर्तन नै भयो ।
यतिबेला समग्र चौकुनेको परिवर्तनका लागि सोसेक नेपाल लागि परेको छ । सोसेक नेपालले युनिसेफको आर्थिक सहयोगमा न्ष्चकि ःबततभच परियोजना मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत जनचेतनामुलक कार्यक्रममा चौकुने गाउँपालिकामा परिवर्तनको आभाष दिलाएको छ ।


सोसेक नेपालले चौकुने गाउँपालिका भित्रका सबै वडाहरुमा रुपान्तरण अभियान सञ्चालन गरेको छ । जसमा किसोरीहरुले समाजमा विद्यमान वालविवाह, वहुविवाह, महिलाहिंसा, छाउपडि लगाएत कुसँस्कार कुरितिका सन्दर्भमा महिला जागरण सञ्चालन गरिरहेका छन भने विगतमा आफ्नो परिचय समेत दिन नसक्ने उनिहरु औँला उठाएर हरेक समस्या र चुनौतिको सामना गर्न अघि सरेका छन । करिब ७ महिनाको रुपान्तरणबाट बदलिएका उनिहरु गाउँगाउँमा पुगेर जनचेतना फैलाउदै छाउपछि , वालविवाह लाई न्युनिकरण गर्न समेत सक्षम भएको उनिहरु बताउँछन ।
रुपान्तरणसँग जोडिएर सहजकर्ताको भुमिकामा रहेका चौकुने २ लगामका २५ वर्षिय पार्वति बडुवाल भन्नुहुन्छ “विगतमा हामीहरुलाई कुनै थाह थिएन , यतिबेला रुपान्तरण कक्षामा समावेस भएर मैले मेरो गाउँमा रहेको छाउपछिलाई घरको कोठामा सार्न सफल भएको छु भने अर्कोतर्फ ४ वटा वालविवाह समेत रोक्न सफल भएको छु , अझैँ पनि गाउँमा हामी महिलाहरुलाई हेर्ने नजर फरक छ त्यलाई पनि सकेसम्म जागरणका माध्ययमबाट बदल्न सकिन्छ भन्ने लागिरहेको छ ।”
अर्का रुपान्तरण कक्षाका किसोरी कल्पना विक भन्नुहुन्छ “रुपान्तरण भनेको नै परिवर्तन रहेछ , अहिले आएर धेरै सिकियो र सिकाउदैछौँ, हाम्रो समाजमा विद्यमान छाउपछिमा परिवर्तन भएकोछ, त्यसैगरि वालविवाह, वहुविवाह रोक्न सफल भएका छौँ, अब बिस्तारै अरु कुरामा समेत परिवर्तन हुनेछ ।”

अर्को तर्फ सोसेक नेपालले चौकुने गाउँपालिकाको विकट १० नम्बर वडा घाटगाउँका विद्यालयहरुमा स्वच्छता र सरसफाईको क्षेत्रमा गरेको काम पनि उदाहरणिय छ । विद्यालयमा शौचालय नहुँदा शिक्षक र विद्यार्थीहरु समस्यामा थिए । खानेपानीको लागि भेरी नदी तथा दिसापिसावको लागि झाडिमा पुग्नुपर्ने वाध्यतालाई मध्यनजर गर्दै शौचालय निर्माण खानेपानीको योजना र धारा निर्माणले खानेपानी सरसफाईको क्षेत्रमा विद्यालयहरुलाई तिनतारेमा रुपान्तरण को लागि गरिएको लगानी र उपलव्धि प्रति घाटगाउँ क्षेत्रका विद्यालयका शिक्षक, अभिभावकहरु समेत प्रफुल्ल छन । उनिहरुले विगतका दिनहरुमा कोरा शिक्षा दिनेगरेको भन्दै खानेपानी र सरसफाईको क्षेत्रमा आफुहरु निकै पछाडी रहेको आभाष यतिबेला गरिरहेका छन भने सोसेक नेपालको लगानी र मेहनतले विद्यालयको वातावरण नै बदिलिएको भन्दै खुशी व्यक्त गरिरहेका छन् ।
वडा नं. १० घाटगाउँ स्थित श्री सरस्वति माध्यामिक विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरी भन्नुहुन्छ “ विद्यार्थी सँख्या धेरै छ , हामीसँग खानेपानी शौचालय केहि थिएन ठुलो समस्या थियो, यतिबेला सोसेक नेपालले ठुलो उपलव्धी गरेको छ, राम्रो काम गरिदिएको छ, अब हामिलाई राहत मिलेको मात्र छैन विद्यालयको मुहार नै परिवर्तन भएको छ । ”

यता गाउँपालिकाको विकट क्षेत्र जुन हटारु क्षेत्रको रुपमा चिनिने बसन्ते कोकिले क्षेत्रमा पनि सोसेक नेपालको कामले उपलव्धि हासिल गरेको छ । जहाँका नागरिकहरु करिब ५२ वर्षदेखि खोलाका पानि पिउन वाध्य छन । यतिबेला उक्त क्षेत्रमा लिफ्टिंग खानेपानी योजना निर्माण भएसँगै स्थानियबासी खुशी भएका छन् । खोलाको पानि पिउन वाध्य उनिहरु बेलाबेला महामारीको सिकार भएको स्मरण गर्दै एक घर एक धारा निर्माण भएपछि खाना नखाएपनि खाएजस्तै भएको बताउँछन ।
दैलेखबाट ५२ वर्ष पहिले बसाई सरेर आएका बसन्ते गाउँका ८७ वर्षिए मान बहादुर शाही भन्नुहुन्छ “ खै हिजो एता आएर बसियो, कैयौ साल फेरिए हाम्रा दिन कहिल्यै बदलिएनन् , खानेपानी समेत छैन, बत्ति आयो तर पानि आएन, पहिले हटारु आउँथे बस्थे तर ति पनि आउन छाडे , अहिले सोसेक नेपालले खानेपानी योजना बनाउँदैछ , धारा बन्यो खुशी छु, अब त यहि पानी खाएर पनि प्राण जाला ।”
यसरी सोसेक नेपालले चौकुने गाउँपालिका सँगको सहकार्यमा समग्र गाउँपालिका भित्र गरिएको लगानीले समग्र चौकुनेको अवस्था बदलिएको छ । कागजका पानामा सिमित कार्यक्रमले आफुलाई सफल भएको देखाउने विभिन्न संघसंस्थाहरुलाई यतिबेला भने ठुलो पाठ सिकाएको सोसेकका विभिन्न कार्यक्रमले न्युन लगानीमा समेत योजनावद्ध काम गर्न सकिन्छ भन्ने एक गतिलो उदाहरण समेत बन्न पुगेको यस परियोजना र अभियानलाई थप गर्दै पुर्णता दिनुपर्नेमा दुइमत छैन ।

 

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।