………………………………
हिजो कथा थियो गाउखाने र गाउदिने ।
चलन थियो आफू हिडेको पाईला आफै मेट्नु ।
दुई टुक्रालाई जोड्नु थियो बस टुक्रा टुक्रा जोडेर ।
मन मन सियर बसेका बस्तिहरु ,बरालेर ।
क्रान्ति र परिवर्तले तिम्रो चेतना त ह्वात्तै बढेछ ।
अब सब मिथ्या र झुटा छन् सायद त्यो वारि
फुलबारी पाटा गाउंका झुप्रे पसल र साहुजी ।
विर्सनै पर्छ तिनै दारिवालको बात अनि नया कबुल ।
हिजोका सहयात्री बुझेर पछाडी नफर्कने दृढता ।
अब पनि उहीँ ढर्रामा बिउझिनु भन्दा ।
कसैले नभेट्ने गरी विना यानको चन्द्रमा छुन ।
उन्मक्त दस्ताको जालोमा भुइमान्छे पुगेपछी ।
सियो र धागोको कथा सार्थक बन्यो ।
युवाको जागर उज्यालोको आशमा ।
बस सहरिया संगको साईनो भेट्दै ।
धन्यबाद साथी आफू हिड्दै पाईला मेट्दै ।
(कवि श्याम शुन्दगर गिरी नेपाली लेखक संघ दैलेखको संयोजक हुनुहुन्छ ।)