दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१४ मंसिर २०८१
दैलेखको दुल्लु नगरपालिका वडा नंं १ मा रहेको श्री श्रजना कृषि वहुउद्धेस्यि संस्थाको १५औँ वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । दुल्लु नगरपालिकाको कृषि पकेट क्षेत्रका रुपमा रहेको नाउलेकटुवाल क्षेत्रमा विगत १५ वर्ष अघि स्थापना भएको उक्त संस्थामा यतिबेला करिब ८५ जना सेयर सदस्यहरु रहेका छन । सहकारीले यतिबेला सहकारी सदस्यहरुमा कृषि , पशुपालन लगाएत विविध क्षेत्रमा आयआर्जनका कामहरु गर्दै जिविकोपार्जन र उत्पादनमा जोड्दै आएको छ ।
सहकारीको १५औँ साधारण सभामा सहकारीको वार्षिक गतिविधि सहितको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ भने उक्त प्रतिवेदन माथि बन्द शत्र मार्फत वृहत छलफल समेत गरिएको छ ।
सहकारीको साधारण सभाको अवसरमा बोल्दै दुल्लु नगरपालिका सहकारी शाखा प्रमुख रत्न बहादुर खड्काले सहकारी मार्फत लिएको ऋण सहि सदुपयोग हुनुपर्नेमा जोड दिदैँ सेयर सदस्यहरुले इमान्दारिताका साथ कर्तव्य पालना गर्नु आजको आवश्कयता रहेको बताउनुभयो ।
सहकारीले बन्द शत्र मार्फत विधान संशोधन लगाएत कार्यक्षेत्र विस्तारकोल रणनिति अघि सारेको छ । उक्त कार्यक्रम सहकारीका सचिव हिरासिंह खड्काले सञ्चालन गर्नुका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२०८१ पुष १० गते, बुधबार
२०८१ पुष ९ गते, मंगलवार
२०८१ पुष ८ गते, सोमबार
अन्तर्राष्ट्रिय कोशी खै सरकार ? गण्डकी जीवनशैली फिटनेस बलिउड / हलिउड बागमती बैँक / वित्त ब्लोअप मधेस मनोरञ्जन भिडियो माओवादी केन्द्र मुख्य समाचार रा.स्व.पा. राजनीति राप्रपा रोजगार रोजगार लुम्बिनी लेख लोसपा वालवालिका विचार विचार/विश्लेषण विचित्र संसार विवेकशील साझा शिक्षा समाज सम्पादकीय साहित्य साहित्य गतिविधि सुचना प्रविधि सुदूरपश्चिम सूचना-प्रविधि
२०८१ पुष ७ गते, आईतवार
२०८१ पुष ६ गते, शनिबार