दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२९ फाल्गुन,२०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालय तिजडाँडाले होली विशेष कार्यक्रमसँगै विद्यार्थी फेरी भेटौँला कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा नगरपालिकाको एक नमुना विद्यालयको रुपमा स्थापित उक्त विद्यालय एक दुर्गममा अवस्थित विद्यालय हो । विद्यालयका शिक्षकहरु लगाएत अभिभावकहरुको अथक मेहनेत र परिश्रमबाट यतिबेला विद्यालय नमुना विद्यालयको रुपमा स्थापित भइरहेको छ । न्युन भौतिक स्रोत साधनका वाफजुद पनि विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेख्य उपलव्धी हाँसिल गरिरहेको छ ।
विद्यालयले आज होलि विशेष कार्यक्रम सँगै विद्यालयबाट कक्षा १० पास गरि आगामी एसईईमा सहभागि विद्यार्थीहरुलाई विदाई एवं फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ । यस भन्दा अघि २ चरणमा विद्यार्थीहरु एसईईमा सहभागि गराउदै एक पहिचान बनाएको हिमालय माध्यामिक विद्यालयको यो तेस्रो चरण रहेको छ । उक्त कार्यक्रममा दैलेख क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले बोल्दै अहिलेका वालवालिकाहरुलाई सँस्काररुपी प्राविधिक ज्ञान दिनुको विकल्प नभएको भन्दै विज्ञान र प्रविधिले अहिलेका वालवालिकाहरुलाई नकारात्मक वाटोमा धकेलिरहेकोप्रति सबै अभिभावकहरुले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि कार्यक्रममा बोल्दै उक्त विद्यालयका प्रधानाध्यापक हर्क बिकले विद्यालयमा शौचालय लगाएत विविन्न भौतिक स्रोत साधनको अभाव रहेको सन्दर्भ उठान गर्दै विगतमा सोसेक नेपालले ठुलो सहयोग गरेको साथै संघसंस्था र अभिावकको सहयोगबाट विद्यालय माथी उठेको प्रति खुशी व्यक्त गर्नुभयो । साथै आगामी दिनहरुमा थप सहयोगको खाँचो रहेको समेत उहाँको माग थियो ।
विद्यालयद्धारा आयोजित उक्त होलि तथा विद्यार्थी विदाई कार्यक्रमको अवसरमा विद्यालयलाई स्थापना कालदेखी सहयोग गर्ने शिक्षाप्रेमी, अभिभावकहरु, जनप्रतिनिधिहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
