२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

पहिलो पटक ठाटिकाँधमा बजार अनुगमन,स्थानियबासी हर्षित…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२१ चैत्र,२०८१

दैलेखको ठाटिकाँध गाउँपालिकाद्धारा बजार अनुगमन सुरु गरिएको छ । गाउँपालिकाले पहिलो पटक गरेको अनुगमन अन्तरगत आज गाउँपालिकाको केन्द्रमा रहेको ठाटिकाँध बजारको अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष देविराम बडुवाल सहित प्रमुख प्रशासकिय अधिकृत तुलसी प्रसाद उपाध्यायको नेतृत्वमा इलाका प्रशासन कार्यालय दुल्लु, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख र विभिन्न शाखा प्रमुखहरु सहितको टोलिले बजार क्षेत्रका खाद्यान्न तथा खुद्रा पशलहरु, होटेल, मेडिकल लगाएत विभिन्न पशलहरुको गहन अनुगमन गरेको छ । जसमा म्याद नाघेका खाद्यबस्तुहरुको चेकजाँच लगाएत व्यापारीहरु करको दायरामा आए नआएको सन्दर्भमा अनुगमन गर्दै व्यापारीहरुलाई आवश्यक सल्लाह र निर्देशन दिनुका साथै गैह् खाद्यबस्तुहरु र म्याद नाघेका बस्तुहरुलाई जफत गरिएको छ ।
उक्त बजार अनुगमनको क्रममा बोल्दै अगुमन टोलिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष देवीराम बडुवालले पहिलो पटक बजार अनुगमन गरिएको बताउँदै विभिन्न निर्देशनका साथ कडाई गरिएको र आगामी दिनहरुमा गाउँपालिका क्षेत्रका अन्य बजारहरुमा समेत अनुगमनको दायरा बढाउने बताउनुभयो ।

अनुगमनको क्रममा बरामद गरिएका विभिन्न गैह््र खाद्यबस्तुहरु र म्याद नाघेका उपभोग्य बस्तुहरुलाई सबैको रोहबरमा नष्ट गरिएको छ भने बजार अनुगमनबाट स्थानियबासीहरु हर्षित भएका छन ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।