२०८२ असार २३ सोमबार
२०८२ असार २३ सोमबार

ठाटिकाँध गाउँपालिकाद्धारा वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२२ असार,२०८२

दैलेखको ठाटिकाँध गाउँपालिकाले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ अथवा एक आर्थिक वर्षभित्र भएको विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिका क्षेत्रमा हुने विकास निर्माण लगाएत सेवा प्रवाहको सन्दर्भमा हरेक चौमासिकमा अनिवार्य र नियमितरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई कार्यक्रम वडाक्षेत्रमा यस अघि नै सम्पन्न गरि सकेको छ ।
गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाह प्रमुख जवाफदेही वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष देविराम बडुवाल लगाएत वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सहित विभिन्न शाखाका प्रमुहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी प्रसाद उपाध्यायले यस आर्थिक वर्ष भित्र भएको विविध प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सेवाग्राहीहरुका प्रश्नको सहजीकरण गर्दै गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले गाउँपालिका सरकारले समग्र गाउँपालिकाबासी जनताको हितको लागि सदैव काम गरिरहेको भन्दै त्यसको लागि आम नागरिकहरुले पनि विभिन्न कार्यहरुमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सहभागि स्थानियबासी सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युतिकरण लगाएत सडकको सन्दर्भमा प्रश्न गर्दै सल्लाह सुझाव समेत प्रदान गरेका थिए ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।