म त टाढाको मान्छे मलाई स्पष्ट याद नभएको बाहिरको मान्छेबाट सुनेको नाम सिन्धुलि जिल्लातिरबाट आएको तिम्रो लागी के टाढा के नजिक सारा विश्व ब्रह्माण्ड तिम्रो अधिनमा छ । तिमिले मलाई देख्थ्यौं,मैले तिमिलाई देख्दिनथें ।तिमिले मलाई हरेक क्षण बचाइरहेको हुन्थ्यौं म यो कुरो पत्तै पाउंदिनथें । तिमी मेरो वरीपरी नै हुन्थ्यांै ।तर म कहिल्यै देख्दिनथें । तिमी कुन रुपमा आउथ्यौं र संंँगै हुन्थ्यौं म चालै पाउंदिनथें । तिम्रो नाम समेत सुनेको थिइनं । सानो छंदा धेरै पछी मात्र मैले तिम्रो नाम सुन्न पाएँ एघार ,बाह्र वर्ष भएपछी आराध्यदेव , देवादीदेव भगवान पशुपतिनाथ भनेर ।
तिम्रै लिला भनौं क्यारे म सानैमा चार पांच वर्षको छँंदै स परिवार आमावावा संँंगै तिमी भएको स्थानमा आएँ । गौरीघाटमा तिम्रो नजिक आएपछी मेरो कल्याण नै हुने भयो । एक दुई वर्ष जती म आमावावाको माया ममता उपभोगमा नै विताए पछी कुन्नी आमावावालाई के असहज भयो त्यहांबाट मैजुवहाल तिर सरें।त्यस पछी म तिमिबाट अलि टाढा हुन पुगें । तिमिबाट अलिपर हुने वित्तिकै हाम्रो दशा सुरु भयो त्यसपछी बाबा घर आउन छोड्नुभयो । आमालाई विस्तारै चार जना छोराछोरीलाई लाउन खान दिन मुस्कील पर्दै गयो । आमाले दुवै दाईलाई अरुको घरमा काम गर्न राखिदिनुभयो । अव आमासंग बहिनी र म मात्र बांकी रह्यौं ।मलाई पनि आमाले केही महिनापछी अरुको घरमा काम गर्न छाडिदिनुभयो । त्यस पछी म सदाको लागी एक्लो भएँ ।
भनिन्छ नि जसको कोही हुंँदैन उसको भगवान हुन्छ । म जहां भएपनि जता बसेपनि तिम्रो सदैव साथ रहिरह्रयो । मेरो बाल मस्तिष्कले यो कुरा बुझ्दैनथ्यो । मलाई त्यस घरमा असहज भैरहेको थियो ।तिमिले मेरो मनको कुरा थाहा पाएरै होला ,त्यहाँबाट मलाई तानेर भएपनि आफ्नो सामिप्यमा ल्याई राख्यौ।
तिम्रै छेउछाउ बसी मैले केही वर्ष तिम्रै स्वरुप शिवलिङ्ग पुजापाठ आरती गर्न पाएं केही वर्ष त्यतै वित्यो त्यहाँ पनि मलाई विस्तारै असुर स्वभावका मानिसहरुले सताउन थाले मेरो हालत विग्रदै गयो । कमजोर बन्दै गएँ । तिमिले यो स्थीती बुझेर मलाई मानवको रुपमा आई त्यहांबाट पनि संधँैका लागि छुटायौ र खुल्ला आकासमुनि स्वतन्त्र रुपमा हिड्न सक्ने मान्छे बनायौ ।
तिम्रो ठाउं पशुपतिबाट टाढा जान खोज्थें काम खोज्दै टाढा सम्म पुग्थे तर घुमिफिरी फेरी तिम्रै ठाउंमा आइ पुग्थें ।कहिलेकांही त लाग्छ तिमिले मलाई छोड्न नसकेको हो की । मैले तिमीलाई छोड्न नसकेको हो ? तिम्रो र मेरो जन्मौं देखिको अन्योन्याश्रित सम्वन्ध छ जस्तो लाग्छ। जस्तै एउटा भक्त र भगवानको त्यसैले त मैले चाहेर पनि तिमिबाट टाढा जान सक्दिनं । त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव। त्वमेव विद्या द्रविणं त्वमेव, त्वमेव सर्वं मम देव देव॥सवै मेरो भन्नु र सम्झनु अभिभावक र संरक्षक हौ ।
तिम्रो छेउमा रहने मानिसलाई केही चिजको कमी हुन्नरे ।मेरो केही थिएन तर तिम्रो परिसरमा रहेर मैले धर्म ,अर्थ ,काम र मोक्ष सवै चिज प्राप्त गरे ।तिमिले दिन्छौ पनि लिन्छौ पनि मैले थुप्रै चिज पाएँ तिमिबाट र केही चिज पाएर पनि गुमाएं तर अंझै सहारा र प्रगतिको बाटो हिडाएकै छौ । तिमिले मैले चाहेको सवै कुरा पुर्यायौ ।त्यतिमात्र हैन जवजव म भयंकर डरलाग्दो संकटमा पर्थें तव तव तिमि कुनै न कुनै मानवको रुपमा आई मलाई संकटवाट बचाउँथ्यौ त कहिले ठुलो समस्यामा परेको वखत कुनै मानवलाई माध्यम बनाई पठाउंथ्यौ र दुखबाट मुक्त गराउँथ्यौ ।
तिमिलाई आज एउटा अर्को कुरा भन्न चाहन्छु । यो जन्ममा त मैले परिवारको मायां पाईन पारिवारिक सुख पाईन तर तिमी दयाको खानी हौ सवै चिजको दाता हौ र सवै प्राणिको मालिक पनि हौ । त्यस कारणपनि मलाई विस्वास छ की तिम्रो कृपा परेमा अर्को जन्ममा म एउटा शिक्षित सस्कारयुक्त धार्मिक परिवारमा जन्मने छु र त्यो पनि तिम्रो परिसर नजिक । तिमिले सवै कुरा बुझेका र्छाै केही लुकेको छैन तिमिवाट ,केही लुक्नै सक्दैन तिमिलाई हरेक मानवको मनभित्रको कुरा थाहा हुन्छ ।
त्यसैले मेरो एउटा प्रार्थना तिमिलाई के छ भने , मेरो छोरा पनि तिम्रै भक्त हो ।तिमिलाई छोरो बारे पनि पक्कै थाहा होला उ तिम्रो मन्दिरमा आएर धेरै पल्ट गइसक्यो ,बेलाबेलामा मौका पारेर तिम्रो आशिर्वाद पनि लिन आउंछ । अव उसको भविष्य कता लाने हो कुन मार्ग उसलाई सही हुन्छ ,तिमिलाई नै ज्ञात होला ,म त उसको लागी माध्यम मात्र हुं ,सवै तिम्रै हातमा छ ।
अन्त्यमा ,मेरो वचपन जवानी र सारा समय तिम्रै समिपमा रही वित्यो ।अव बचेको नाफाको जिवन तिम्रै परिसरमा रही विताउन पाउं ।
अन्त्यमा …………………………………………………….प्राण त्याग्न पाउं बांकी प्रभुको दया तिम्रो जो इच्छा जय पशुपतिनाथ जय अनाथोंके नाथ जय भोलेनाथ ।
निवेदक
तुच्छ भक्त
बद्री लामा
पशुपति ,कामपा
निवेदक बद्री लामा साहित्यमा कलम चलाउने व्यत्तित्वहरु मध्ये एक हुनुहुन्छ । उहांको “मेरा कविता तथा गजलहरु कृति प्रकासित भई लाइव्रेरी अफ कंग्रेसबाट आइएसविएन नं प्राप्त गरि सकेको छ । लेखनमा रुचि राख्ने लामा नेपाली लेखक संघमा समेत आवद्ध हुनुहुन्छ ।

