दिपेन्द्र कार्की बस्ताकोटी ,दैलेख
दैलेख । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टका अनुसार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कांग्रेसले लिने एमालेको नेतृत्वको सरकारमा सहभागी हुने टुंगो लगाएको हो ।
कांग्रेसको संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो । जस अनुसार सामाजिक विकास मन्त्रीमा दैलेख घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढा मन्त्री बन्ने भएका हुन् ।
मन्त्रीहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको कर्णाली प्रदेश नेपाली काँग्रेसका सचेतक हिक्मत विष्टले जानकारी दिए ।
२०८१ मंसिर २७ गते, बिहीबार
२०८१ मंसिर २७ गते, बिहीबार
२०८१ मंसिर २७ गते, बिहीबार
२०८१ मंसिर २३ गते, आईतवार
२०८१ मंसिर २२ गते, शनिबार
२०८१ मंसिर २१ गते, शुक्रबार