२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

कर्णाली नदीमा माछा मारेरै गुजारा चलाउँछन् अछाम रहफबासी…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२८ श्रावण ,२०८१

अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकाको १ नम्बर वडा रहफ गाउँलाई पालिकाको कर्णाली भनेर चिनिन्छ । संघियतासँगै देशको व्यवस्था बदलिए पनि रहफबासीको जीवनशैली अझै पनि उस्तै छ । जीवनयापनका लागि मुग्लान बाहेक अर्को विकल्प छैन । यता बस्ति पारिको कर्णाली राजमार्गमा नियमित यातायातका साधन सञ्चालन भएपनि रहफबासीले त्यसको सदुपयोग गर्न पाएका छैनन् । कृषि, पशुपालनबाट जीवन धान्दै आएका रहफबासी भारत अथवा कालापहाडको भरमै छन् ।
जीवनयापन गर्ने अर्को उपाय नभएपछि रहफबासीका लागि कालापहाड र कर्णाली नदीको माछा नै जीवनयापनका लागि साहारा बनेको छ । तर माछा मार्नु त्यति सजिलो भने छैन । जोखिम मोलेर कर्णाली नदीमा काठको डुंगाको सहायताले माछा मारेर जीवन गुजार्न बाध्य छन् ।
डेढ महिना अघि कालापहाडबाट गाउँ फर्किएका तुर्माखाँद गाउँपालिका –१ का रहफका ४५ बर्षिय रमेशबहादुर शाही विहानको ३ बजे उठेर टर्चको सहारामा माछा मार्न कर्णाली नदी तिर झर्छन् भने नदिबाट दिउसो १२ बजे खाना खाएर साँझ अध्याँरो भएपछि मात्र घर फर्किन्छन । उनि माछा मारेर नजिकै रहेको दैलेखको दुल्लु नगरपालिका १ को डुगेश्वर बजारमा विक्री गरि बेलुका पख घर फर्किन्छन् । शाहीको यो नियमित कर्म नै हो । गाउँमा रोजगारीका अवसर नहुँदा शाहीले माछा विक्रीबाटै ५ जनाको परिवार पाल्दै आएका छन् । गाउँमा स्थानीय सरकार नागरिक प्रति उतरदायि नहुँदा कालापहाड र कर्णाली नदीमा जोखिम मोलेर माछा मार्नु पर्ने बाध्यता रहेको तुर्माखाँद –१ का शाहीले बताउनुभयो । उहाँले भन्नुभयो “एक त हामी दुर्गममा छौँ, गाउँपालिका पुग्न एक दिन पैदल लाग्छ , कि दैलेखको कर्णाली राजमार्ग भएर असारघाट पुगेर पालिकामा जानुपर्छ , उता पालिकामा के भयो हामीलाई जानकारी नै हुदैन ।”
रमेश जस्तै सोही गाउँका गणेशबहादुर शाहीको पनि दैनिकि माछा मारेरै वित्ने गर्छ । पैसा कमाउनका लागि एक महिना अघि भारतको बागेश्वर पुगे तर सधै त्यहाँ खणी खानीमा काम गर्ने शाही यो पाली खणी नभेटिएपछि घर फर्किए । २ छोरा बुढाबुढी सहित चार जनाको परिवार माछा मारेर पाल्दै आएको शाहीले जानकारी दिनुभयो ।
त्यसैगरि १६ बर्षिय प्रकाश खड्का गाउँमा रोजगारी नहुँदा भारत लागे । तर भारतमा भने जस्तो रोजगारी नपाउँदा गाउँ फर्किएर कर्णाली नदीमा माछा मारेर विक्री गरि परिवार पाल्दै आएका छन् । गाउँमा आएको सिहदरबारले रोजगारी नदिएर कालापहाड र खाडी मुलुक जानुपर्ने बाध्यता भएको खडकाको भनाई छ । गाउँका सिंहदबारले रोजगारीका अवसर नदिदा अधिकाँश सुदुर र कर्णाली प्रदेशका नागरिकहरु भारतकै भरमा जीवन यापन गरिरहेका छन् ।
गाउँमै आएको सिंहदरबारले गाउँमा कति जना बेरोजगार छन कति जना भारतमा मजदुरी गर्न गएका छन् कनै तथ्यांक समेत छैन । कतिपय पुरुष गाउँमा नहुँदा गाउँ पुरुष विहिन बनेको छ । गाउँमै केही गर्नुपर्छ भन्ने युवा विदेश पलायनले गाउँको दिगो विकासमा समेत असर गरेको छ । सुदुर र कर्णाली प्रदेशका विदेशीने पुरुषहरुलाई गाउँमै रोजगारी दिई सिहदबार आएको अनुभुति दिलाउन सकेमात्र संघियताले सार्थकका पाउने देखिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।