२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

लोकवार्ता परिषद् नेपालको १३औँ संघ गोष्ठि दुल्लुमा उद्ध्घाटन….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
कात्तिक ५, २०८१

लोकवार्ता परिषद् नेपालको १३औँ संघ गोष्ठि एक औपचारिक कार्यक्रमका बिच दुल्लुमा उद्ध्घाटन गरिएको छ । परिष्दको १३औँ संघ गोष्ठि अन्तरगत कात्तिक ३ गतेदेखी १२ गते सम्म सुर्खेतबाट सुरु गरिएको यात्रा आगामी कात्तिक १२ गते मुगुमा पुगेर सम्पन्न हुनेछ । समग्र कर्णाली प्रदेशको कला सँस्कृति परम्परा लगाएत पर्यटकिय क्षेत्रको वास्तविकता पहिचान गर्दै त्यसको प्रचारप्रसार गर्ने उद्धेश्यका साथ गोष्ठि फलदायि हुने अपेक्षा गरिएको छ ।
दुल्लुमा नवगठित लोकवार्ता परिषद नेपाल दैलेख शाखा द्धारा व्यवस्थापन गरिएको र दुल्लु नगरपालिकाद्धारा सहजिकरण गरिएको उक्त उद्धघाटन गरिएको कार्यक्रममा दुल्लु क्षेत्रमा विद्यमान पञ्चेबाजा, हुड्केनाँच, देउडा, ठाडिभाका, धमारी, भैनी, झोडा माँगल, तरबार नाँच लगाएत विभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ ।
कार्यक्रमको अवसरमा लोकवार्ता परिषद् नेपालका केन्द्रिय प्रतिनिधिहरु र प्राध्यापकहरुलाई दुल्लु क्षेत्रको परम्परामा आधारित दहिचाँवलको टिका र सेतो रुमालको पगरी बाँधेर सम्मान गरिएको छ भने कार्यक्रमलाई प्रभावकारीरुपमा सम्पन्न गर्ने सहयोगीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समग्र कर्णाली र त्यस भित्रको सिजाँ राज्यको हिउँदे राजधानीको रुपमा रहेको दुल्लु क्षेत्रको इतिहास र यहाँ भएका विविध कला सँस्कृति र पर्यटकिय क्षेत्रको प्रचारप्रसारका लागि संघगाष्ठि फलदायि हुने बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले इतिकासका पानामा अंकित दुल्लुमा एतिहासिक नेपाली भाषाको शिलालेख समेत अवस्थित भएको सन्दर्भ उठान गर्दै दुल्लुको बारेमा सबै प्राध्यापकहरुको कलम चल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम लोकवार्ता परिषद् नेपाल दैलेख शाखाका अध्यक्ष लाल बहादुर रावतको अध्यक्षतामा भएको थियो । संघ गोष्ठि कार्यक्रम अन्तरगत ५ गते दुल्लु क्षेत्रका विभिन्न पर्यटकिय र धार्मिक क्षेत्रको अवलोकन भ्रमण गरिनुका साथै दिउँसा्े कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।