२०८१ पुष १२ शुक्रबार
२०८१ पुष १२ शुक्रबार

दुल्लुमा अपांगता भएका व्यक्तीहरुले सरोकारवालाहरुसँग राखे आफ्ना कुरा र समस्या…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ८,२०८१

अपांगता भएका व्यक्तीहरु पनि यहि समाजका नागरिकहरु हुन । विशेष क्षमता र पहिचान भएका उनिहरु देश समाज र परिवारका लागि केहि गर्न चाहन्छन तर उनिहरुलाई सहयोगको आवश्यकता छ । उनिहरुका भावनाको कदर गरिनु आजको आवश्यकता पनि हो ।
दैलेखको दुल्लु नगरपालिकाका अपांगता भएका व्यक्तीहरुले सरोकारवालाहरुसँग विशेष छलफल गर्दै आफ्ना आवाजहरु सुनिदिनका लागि अनुरोध गरेका छन । शारिरिक र मानसिक रुपमा अपांगता भएका व्यक्तीहरुले जनप्रतिनिधि ,राजनैतिक दल, संघसंस्थाहरु लगाएत सरोकारवालाहरुको ध्यान केन्द्रित गरेका छन ।
सरोकारवालाहरुको बसाईको क्रममा उनिहरुले आफुहरुलाई समाजले स्विकार गर्न नसकेको सन्दर्भ उठान गर्दै आफुहरुलाई अपमान गर्ने गरेको सन्दर्भलाई विशेष चासोका साथ उठान गरेका छन ।
उक्त छलफलमा सहभागी सरोकारवाला व्यक्तीहरुले उनिहरुको भावनालाई स्विकार गर्न सक्नुपर्नेमा जोड दिएका छन । साथै अपांगता भएका व्यक्तीहरुलाई राज्यका अन्य नागरिकहरु भन्दा बढि सहयोगको खाँचो रहेको भन्दै प्राथमिकताका साथ व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन । कार्यक्रममा सहभागी प्रमुख अतिथि जिल्ला समन्वय दैलेखका प्रमुख नमराज शाहीले अपांगता भएका व्यक्तीहरुको हक अधिकारका लागि राज्य नै सचेत हुनुपर्नेमा जोड दिदैँ संविधानमा तोकिएको बमोजिम राज्यले व्यवसथापन गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीले नगरपालिका स्तरबाट हरेक वर्ष अपांगता भएका व्यक्तीहरुको क्षमता अभिवृद्धिका साथै उनिहरुलाई विभिन्न शिपमुलक तालिम लगाएत व्यवस्थापनका कामहरु भईहरेको बताउनुभयो ।
कार्यक्रममा विजया मावि दुल्लुका प्रधानाध्यापक केशव बहादुर भण्डारी लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सोसेक नेपालले व्यवस्थापन र सहयोग गरेको थियो भने सहजीकरण सोसेक नेपालका हरिकला खड्काले गर्नुभएको थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।