दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष १२,२०८१
दैलेख पछिल्लो समय परम्परागत खेति प्रणाली भन्दा मौसमी र बेमौसमी खेति प्रणालीमा विकास हुदैँ आएको छ । स्थानिय तह र संघसंस्थाको हातेमालोमा विभिन्न क्षेत्रहरुमा आवश्यकता अनुसार र हावापानी सुहाउदो खेति प्रणालीमा किसानहरु अग्रसर हुन थालेका छन । हुन त यतिबेला प्राय गाउँहरु पुरुष विहिन, युवाविहिन छन तर पनि भएका युवाहरुले आफ्नो पौरख शिप मेहेनत र समयको सदुपयोग गर्न सकेको खण्डमा आफ्नो जीवनयापन गर्न कठिन नहुने एक युवाले किबि खेतिबाट गरेको आम्दानीले मोहनी लगाएको छ ।
दैलेखको भैरवी गाउँपालिका ७ गैरासरुका युवा राजेस कँडेलले यतिबेला किबि खेतिबाट मनग्य आम्दानी लिन सफल भएका छन । कृषि जेटिए अध्ययन गरेर यतिबेला उच्च शिक्षा लिएका राजेसले समयको परिवर्तन सँगै हावापानी सुहाउँदो खेतिलाई जोड दिदैँ आएका छन । भैरवी गाउँपालिकाको माथिल्लो क्षेत्रमा अवस्थित गैरासरु क्षेत्रमा चरन क्षेत्र प्रशस्त भएकाले बाख्रा पालन देखी तरकारी खेती र त्यसमा पनि किबि खेतिको पहिचान बनाएका उनले यतिबेला राम्रो उत्पादन लिन सफल भएका छन ।
काठमाण्डौको किर्तिपुरबाट गाउँमा किबि ल्याएर परिक्षण गरेका उनले यतिबेला आफु लगाएत अन्य युवाहरुलाई समेत किबि खेतितर्फ उन्मुख गराएका छन भने उनको किबि खेति जिल्लाकै नमुना समेत रहेको छ ।
………युवा किसान राजेस कँडेल, भैरवी गाउँपालिका ७ दैलेख
गाउँमा सहकारीको अध्यक्ष समेत रहेका युवा तथा नमुना किसान राजेसले विगत देखी किबि खेतिको फर्म नै बनाएर काम गरिरहेका छन । उनले किबि रोपेको ३ वर्ष पछि प्रतिफल लिन सुरु गरेको र यतिबेला उनले एक बोट बाट चार वर्षमा क्विन्टल सम्म उत्पादन दिएको बताउँछन ।
………युवा किसान राजेस……………
नमुना किसान राजेसको किबि खेति जिल्लाकै नुमना खेतिको रुपमा विकास भएकाले जिल्लाभरका मानिसहरु किबि खान र किबि हेर्नकै लागि पनि भैरबीको गैरासरु पुग्ने गरेका छन । उनले आफुले सहकारीका तर्फबाट अन्य किसानहरुलाई किबि खेतिका लागि सहयोग गर्दै आइरहेका छन भने आफुले ठुलो किबि फर्म बनाएर अन्य मानिसहरुलाई समेत रोजगारी सिजर्ना गर्ने योजनामा रहेका छन ।
…………..राजेश…………..
सुरुका दिनहरुमा आफ्नो सामान्य लगानीमा किबि खेति गरेका राजेसले यतिबेला जिल्ला कृषि विकास कार्यालय, भैरवी गाउँपालिका लगाएत अन्य संघसंस्थाहरुको सहयोगबाट किबि खेतिमा सहयोग पुगेको प्रति खुशी व्यक्त गर्दछन ।
………..राजेश………
जिल्लाकै नमुना तथा एक मात्र किबि किसानको रुपमा परिचित राजेसलाई उनका बुवा विगतमा आफुहरुले परम्परागत खेति गर्ने गरेको भन्दै यतिबेला किबि खेतिले दुःख र परिश्रम धेरै गर्नु नपर्ने र प्रतिफल समेत राम्रो भएको प्रति खुशी व्यक्त गर्नुहुन्छ ।
यसरी युवा किसान राजेसले समय र हावापानी उपयुक्त खेति प्रणालीलाई अघि बढाउदैँ आफ्नै माटोमा केहि गर्नुपर्छ जसले सिर्जना शिपबाट यहि सन्तुष्टि मिल्छ भन्ने भनाईलाई चित्रण गरेका छन । नयाँ खेतिको रुपमा किबि खेतिलाई नमुनायोग्य बनाएका उनले भैरवीको गैरासरुलाई किबि पकेट क्षेत्रका रुपमा विकास गर्न राज्यलाई समेत चुनौति दिएका छन ।