२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

दुल्लु नगरपालिका भित्रका अगुवा कृषकहरुलाई कृषि भ्रमण……


दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष १२,२०८१

दैलेखको दुल्लु नगरपालिकाले नगरपालिका भित्रका अगुवा किसानहरुलाई कृषि भ्रमण गराएको छ । कृषि क्षेत्रमा आशालाग्दो उपलव्धी र गरिएको लगानीको प्रतिफल लिनका लागि नगरपालिाका १३ वटै वडाका अगुवा किसानहरुलाई नगरपालिका क्षेत्र लगाएत छिमेकी पालिका र कृषि अनुसन्धान केन्द्रको भ्रमण गराएको छ ।
दुल्लु नगरपालिका कृषि शाखाको अगुवाईमा विभिन्न तरकारी पकेट क्षेत्र, नर्सरी लगाएत कृषि फर्महरुमा गराइएको एक दिन भ्रमणले यतिबेलाको आधुनिक कृषि प्रणालीमा किसानहरु समाहित हुदैँ कृषि प्रविधिमा आधारित खेति गर्न प्रेरित हुने कृषि शाखाले जनाएको छ । अगुवा किसानहरुले भ्रमणको क्रममा विभिन्न कृषि फर्म सञ्चालक नमुना किसाहरुसँग उनिहरुले गरेको उपलव्धीको सन्दर्भमा वहस छलफल र परामर्श समेत गरेका छन ।
उक्त कृषि भ्रमणबाट खुशी हुदैँ भ्रमणमा सहभागि किसानहरुले आफुहरुले अझैँ पनि परम्परागत खेति प्रणाली गरिरहेको महशुस गर्दै गुजारामुखी खेतीबाट माथी उठेर व्यावसायिक रुपमा खेति प्रणालीमा लाग्नुपर्ने ज्ञान आर्जन भएको भन्दै भ्रमण फलदायि भएको बताएका छन ।

दुल्लु नगरपालिकाले व्यावसायिक रुपमा मौसमी र बेमौसमी खेति प्रणालीमा अग्रसर किसानहरुका लागि प्राविधिक र आर्थिक सहयोगका साथै योजनारुपी सहयोग गर्दै आइरहेको दुल्लु नगरपालिका कृषि शाखा प्राविधिक प्रमुख राजन विष्टले बताउनुभयो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।