२०८१ माघ ९ बुधबार
२०८१ माघ ९ बुधबार

पुर्व मन्त्रि पाण्डे द्धारा दैलेखमा पेट्रोलियम अन्वेषण स्थलको निरिक्षण…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ ३,२०८१

दैलेखको भैरवी गाउँपालिका वडा नं. १ को जलजले क्षेत्रमा नेपालकै गौरवको आयोजनाको रुपमा पेट्रोलियम पदार्थको अन्वेषणको काम तिब्र गतिमा अघि बढिरहेको छ । दैलेखमा आदीकाल देखि अनबरतरुपमा ज्वाला बलिरहेको सन्दर्भलाई लक्षित गर्दै नेपाल सरकारले २०७२ साल देखि विभिन्न चरणहरुमा अन्वेषणको प्रक्रिया सुरु गरेको थियो । तर पनि नेपाल सरकार र चिन सरकारबिच द्धिपक्षिय सम्झौता भई गत २०८१ वैशाख २३ गते औपचारिक रुपमा ड्रिल सुरु गरिएको दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको प्रक्रिया यतिबेला अन्तिम चरणमा पुगेको छ । जहाँ पेट्रोल भन्दा पनि प्राकृतिक ग्याँस भएको आशालाग्दो अनुमान गरिएको छ ।
उक्त पेट्रोलियम पदार्थको अन्वेषण क्षेत्रको आज नेपाल सरकारका पुर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि सोम प्रसाद पाण्डेले अनुगमन निरिक्षण गर्नुभएको छ । २०७२ सालमा उहाँ नेपालको उद्योग वाणिन्य तथा आपुर्ति मन्त्रि हुँदा दैलेखको भ्रमण गर्दै दैलेखमा पेट्रोल तथा ग्याँस हुन सक्ने भन्दै भारतिय नाकाबन्दिको समयमा उक्त बस्तुको उत्खनन् गर्न सके देश विकासमा टेवा पुग्ने सन्दर्भका साथ निर्णय अघि बढाउनुभएको थियो । साथै उहाँकै पालामा चिन सरकारसँगको सम्झौतामा दैलेखको पेट्रोलियम पदार्थको उत्खनन गर्ने साझा सहमति समेत भएको थियो ।
पेट्रोलियम पदार्थको अन्वेषण स्थलको निरिक्षणको क्रममा बोल्दै पुर्व मन्त्रि पाण्डेले आफुले पदिय जिम्मेवारीमा रहदा गरेको निर्णयले सार्थकता प्राप्त गरेको भन्दै सफलता नजिक पुगेको सन्दर्भमा नमुना परिक्षण पस्चात चिन र नेपालको सम्झौता बमोजिम उत्खनन्को काम समेत सफल हुने विश्वास गर्नुभयो ।
……..सोम प्रसाद पाण्डेय पुर्व उद्योग वाणिन्य तथा आपुर्ति मन्त्रि………….

यतिबेला ४०१३ मिटर गहिराईमा ड्रिलको काम सकेर काम स्थगित भएको छ । उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ भन्दा पनि प्राकृतिक ग्याँस भएको भनिए पनि त्यसको पुष्टि हुन भने बाँकी छ । जमिन मुनिबाट निकालिएको नमुना परिक्षणको लागि केहि दिन अघि चिन लगिएको छ भने उक्त नमुना परिक्षण भई वास्तविक रिपोर्ट आउन करिब ३ महिना लाग्ने भुर्गभ तथा खानी विभागका जियोलोजिस्थ प्रकास लुईटेलले मन्त्रि पाण्डेलाई निरिक्षण अनुगमनको क्रममा बताउनुभयो ।
………….प्रकास लुइटेल जियोलोजिष्ट भुगर्भ तथा खानी विभाग……………

यता भैरवी गाउँपालिकाले पनि विगत जग्गा व्यवस्थापनको प्रक्रिया देखी यतिबेला सम्म विभिन्न क्षेत्रमा सहजीकरण गर्दै आइरहेको छ । पेट्रोलियम पदार्थको अन्वेषण पश्चात नमुना परिक्षणबाट सकारात्मक उपलव्धी हाँसिल हुने र उक्त योजना गाउँपालिकाको मात्र नभएर सिंगो कर्णाली प्रदेश र देशकै गौरवको योजना भएको भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीको भनाई रहेको थियो ।
…………….देवी भण्डारी उपाध्यक्ष भैरवी गाउँपालिका दैलेख

यतिबेला ड्रिलको काम सकिएसँगै उपकरणहरु थन्क्याउने र अर्को चरण सम्मका लागि कामहरु बन्द गरिएको छ भने चिनिया प्राविधिकहरु चिन फर्किएका छन । अन्वेषणको क्रममा जमिन मुनिबाट निकालिएको नमुना परिक्षण सँगै आएको नतिजाको आधारमा थप काम हुने खानी तथा भुगर्भ विभागले जनाएको छ । पेट्रोल या ग्याँस जे भएपनि गरिएको लगानी अनुसार उपलव्धी हुने आशा जिवित छ ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।