दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२३ माघ,२०८१
विकट कर्णाली र कर्णालीसँगै रहेको सुदुरपश्चिमको अछाम समेत विकट नै छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकाको रहफ क्षेत्र झन विकट छ । जहाँ पुग्नको लागि कर्णाली नदिको जिर्ण झोलुंगे पुल तर्नुपर्छ भने दैलेखको ३ वटा पालिका र अछामको तिन वटा पालिकाको बाटो भएर पुग्नुपर्ने हुन्छ । विगतमा दैलेख जिल्लाको क्षेत्र भएपछि पछिल्लो समय उक्त क्षेत्र कर्णाली नदिको सिमानासँगै अछाम जिल्लामा अवस्थित छ । राज्यकोल नजरबाट बाहिर रहेको र चारैतिर कर्णाली नदि रहेको रहफ क्षेत्रका नागरिकहरुको अवस्था अहिले पनि दयनिय छ ।
यतिबेला उक्त क्षेत्र अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका १ रहफ लगाएत कर्णाली नदिसंगै सिमा जोडिएको दैलेखको दुल्लु नगरपालिकाको वडा नं. १ नाउले क्षेत्रमा डिसिएको आर्थिक सहयोगमा सोसेक नेपालको ग्रिन कर्णाली परियोजना सञ्चालनमा आएको छ । ग्रिन कर्णाली परियोजना मार्फत बाख्रा उपहार कार्यक्रममा रहफका ६८ जना तथा नाउलेका ३० जना दलित किसानहरु समेटिएका छन । राज्यको नजरसँगै स्थानिय सरकारको कुनै पनि सहयोग समेत प्राप्त नगरेका अछाम तुर्माखाँद रहफका लाभान्वित ति किसानहरु यतिबेला बाख्रा उपहार कार्यक्रम मार्फत प्रति परिवार ४ वटा बाख्रा लगाएत बोका, खोर , बाख्रा नुहाउने डिपिंग ट्यांकी र घाँस समेत प्राप्त गरेका छन । जसबाट उनिहरुले आफ्नो जीवनै परिवर्तन भएको आभाष गरिरहेका छन ।
उक्त ग्रिन कर्णाली परियोजनाको बाख्रा उपहार कार्यक्रमबाट लाभान्वित दैलेखको दुल्लु नगरपालिका १ नाउलेका किसानहरु समेत यतिबेला कार्यक्रमको प्रभावकारीता सँगै आफुले पाएको उपहारबाट जिविकोपार्जनमा ठुलो सहयोग पुगेको भन्दै खुशी भएका छन ।
त्यसो त विकट तुर्माखाँद गाउँपालिका १ रहफका जनप्रतिनिधिहरु पनि आफुहरुले स्थानियबासीको लागि कुनै कार्यक्रम सञ्चालन गर्न नसकिरहेको अवस्थामा सोसेक नेपालको ग्रिन कर्णाली कार्यक्रमले गरिब निमुखा दलित समुदायमा ल्याएको खुशी प्रति प्रशंसा गर्नुहुन्छ ।
ग्रिन कर्णाली परियोजना मार्फत बाख्रा उपहार कार्यक्रम मार्फत विकट क्षेत्रका गरिब तथा दलित समुदायमा आएको परिवर्तनले कार्यक्रमको प्रभावकारीता बढेको भन्दै उक्त कार्यक्रम बाट लाभान्वित समुदायको जीवन सहज हुने सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द्र माझी बताउनुहुन्छ ।
यसरी ग्रिन कर्णाली परियोजनाको नाम जस्तै काम र त्सले विकट क्षेत्रका दलित समुदायका नागरिकहरुको जीवनस्तर माथी उठाउने आशा गर्न सकिन्छ । राज्यको नजरबाट बाहिर रहेका उनिहरुले यतिबेला बाख्रा उपहार कार्यक्रमलाई एक जीवन उपहारको रुपमा लिएका छन ।