२०८१ फाल्गुन २८ बुधबार
२०८१ फाल्गुन २८ बुधबार

मेरो कार्यकाल इतिहासकै सम्झिन लायक बनाउन लागि परेको छु प्रतिनिधिसभा सदस्य शाही…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आफ्नो स्थापनाको ८औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा देश संघियतामा गईसके पछि २०७३ फाल्गुन २७ गते घोषणा भएका देशका अन्य स्थानिय तहहरु मध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका पनि एक हो । दैलेखमा रहेका ११ वटा स्थानिय तहहरुमा फरक पहिचान बोकेको र मिलेको भुभागमा अवस्थित चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्बुकाँध बजारमा प्रभात फेरी सहित पञ्चबाजाको झाँकी सहित औपचारिक रुपमा सुरुभएको उक्त कार्यक्रमको अवसरमा जिल्ला स्थित विभिन्न पालिकाका प्रमुखहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु , नगरपालिकाका वर्तमान निवर्तमान जनप्रतिनिधिहरु लगाएत स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त स्थापना दिवसको कार्यक्रमलाई दैलेख क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दिक्पाल कुमार शाहीले औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । उद्धघाटन कार्यक्रमको अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य शाहीले समग्र चामुण्डाबिन्द्रासैनीबासीका साझा समस्याहरु पुरा गर्न र संवृद्ध स्थानिय तह निर्माणका लागि सबै जनप्रतिनिधिहरु कर्मचारीहरु एक भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले नगरपालिकाको ८औँ वार्षिकोत्सव समारोहलाई शुभकामना व्यक्त गर्दै समग्र दैलेख क्षेत्र नं. २ को विकासका लागि आफु सदैव दिगो ज्यानका साथ लागिपरेको समेत बताउनुभयो । उहाँले चुनाविताका बोलेका बचनहरुलाई अहिले पनि बिर्सिन नसकेको र भोलिका दिनमा आफ्नो कार्यकाल इतिहासमा सम्झिन लायक बनाउने समेत सांसद शाहीको तर्क रहेको थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।