दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२३ माघ,२०८१
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिका क्षेत्रमा घुम्ति योजना सम्झौता शिविर लगाएत योजना उपभोक्ताहरु र रोजगार श्रमिकहरुलाई अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गरेको छ । नगरपालिका भित्रका १ देखी ९ वटै वडा क्षेत्रमा आर्थिक वर्ष २०८१÷०८२ मा तय गरिएका विभिन्न विकास निर्माणका योजनाहरुलाई प्रभावकारीरुपमा सम्पन्न गर्नका लागि उक्त अभियान प्रभावकारी भएको नगरपालिकाले जनाएको छ ।
दुर्गम र विकट क्षेत्रका सञ्चालन हुने योजनाहरुका लागि उपभोक्ता समितिद्धारा नगरपालिकामा पुगि झंझटपुर्ण रुपमा सम्झौता गर्नुपर्ने र ग्रामिण क्षेत्रका नागरिकहरुले सबै प्रक्रिया पुरा गरि स्थानियस्तरमा सञ्चालन हुने योजनाहरुका लागि धेरै दुःख गर्नुपर्ने वाध्यतालाई मध्यनजर गर्दै नगरपालिकाले वडा र बस्तिस्तरमै पुगि योजना सम्झौता लगाएत उनिहरुका लागि अभिमुखिकरण समेत गरिएको छ । सो अवसरमा उपभोक्ता समितिका पदाधिकारीहरुले हरेक योजनाको लागि तयार गर्नुपर्ने कागजातहरु देखि गुणस्तरियताका साथै चुनौतिहरु र नियम पालना गर्नुपर्ने नियमकानुका सन्दर्भमा स्पस्ट हुनेगरि अभिमुखिकरण समेत गरिएको छ ,भने प्रधानमन्त्रि रोजगार र मुख्यमन्त्रि रोजगारमा संलग्न श्रमिकहरुलाई आवश्यक नियमकानुनका सन्दर्भमा स्पस्ट पारिएको छ ।
उक्त अभिमुखिकरण तथा घुम्ति योजना सम्झौता शिविर कार्यक्रममा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले हरेक योजनाहरु गुणस्तरियरुपमा निर्माण गर्नुपर्नेमा जोड दिदैँ भोलिका दिनहरुमा समेत इतिहास बन्ने भन्दै आवश्यक नियमकानुनमा आधारित भएर निर्माण गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाद्धारा अभियानको रुपमा सञ्चालित उक्त घुम्ति योजना सम्झौता तथा उपभोक्ता अभिमुखिकरण कार्यक्रमको अवसरमा बोल्दै नगरप्रमुख गणेश कुमार शाहीले स्थानिय सरकार हरेक दृष्ट्रिले सेवामुखी हुनुपर्ने भन्दै जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको घरदैलोमै पुगेर सेवा प्रदान गरिरहेको भन्दै त्यसमा हरेक नागरिकको जिम्मेवारी महत्वपुर्ण रहेको बताउनुभयो ।
साथै उक्त कार्यक्रमको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेम वहादुर रावलले योजनाहरु हरेक नागरिकका जिउने आधार भएको भन्दै कुनैपनि कन्जुस्याई नगरि तोकिएको माापदण्डमा आधारित हुनुपर्ने र नागरिकहरुले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त घुम्ति योजना सम्झौतामा नगरपालिकाका सबै वडाभित्र सञ्चालित करिब ५० प्रतिशत योजनाहरु बस्तिस्तरमै सम्झौता गरिएका छन । शिविरमा नगरपालिका योजना शाखा, रोजगार शाखा लगाएत विभिन्न शाखाहरुबाट आवश्यक सहजिकरण गरिएको छ ।